काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपालको शैक्षिक क्षेत्र सुधार गर्नका लागि सबैको प्रयास र हातेमालो आवश्यक रहेको बताएका छन् ।
शुक्रबार आयोजित ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
अध्यक्ष शर्माले शैक्षिक संस्थालाई विभिन्न संस्थाहरूले आफ्नै हिसाबले मूल्यांकन गर्ने परिपाटी रहेको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
अब शैक्षिक संस्थाहरूकाे नतिजालाई मात्र हेरेर मापन गर्नु पर्याप्त नहुने बताए । उनका अनुसार हरेक विद्यार्थीले ज्ञान प्राप्त गरेपछि त्यसलाई व्यवहारमा उतार्ने सीप पनि विकास गर्नुपर्ने र यसमा शैक्षिक संस्थाहरूले अझ राम्रोसँग काम गर्न सक्नेछन् ।































प्रतिक्रिया