केएमसी बालकुमारी “बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड–२०८२” बाट सम्मानित

केएमसी बालकुमारी “बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड–२०८२” बाट सम्मानित

केन्द्रबिन्दु
1.09k
Shares

काठमाडौं । ललितपुरको बालकुमारीमा अवस्थित काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी) “बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड–२०८२” बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार होटल प्लाजामा आयोजना गरेको एक विशेष सम्मान कार्यक्रमकाबीच गुणस्तरिय शिक्षा, उत्कृष्ट नतिजासहित दुई दशकको यात्रा तय गरिसकेको केएमसी बालकुमारीलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

केएमसी बालकुमारी अभिभावक र विद्यार्थीको रोजाईको शैक्षिक गन्तव्य हो । यहाँ कक्षा ११, १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय छन् । यसैगरी स्नातकमा बीबीए, बीबीएम, बीए, बीबीएस, बीसीए, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा बीई, बीएससी सीएसआईटी र एमए (अंग्रेजी) र एमबीएसमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

देशभरकै उत्कृष्ट कलेजहरुको सूचीमा केएमसीले पनि आफूलाई सगर्व उभ्याएको छ । यस कलेजलाई शिक्षा मन्त्रालयले २०७५ सालमा ‘उत्कृष्ट कलेज’को रुपमा सम्मान गरेको थियो । केएमसी बालकुमारीले हरेक बर्ष सतप्रतिशत नतिजा हासिल गर्दै आएको छ ।

Logo