काठमाडौं । ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमी ‘कन्सिस्टेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड–२०८२’ बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच मूल्यमा आधारित समग्र शिक्षण र सिकाइ अभ्यासमार्फत उच्चतम स्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको पिनाकल एकेडेमीलाई ‘कन्सिस्टेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड–२०८२’ प्रदान गरिएको हो ।
ट्रिनिटीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।
शैक्षिक क्षेत्रमा खारिएका व्यक्तिहरुको संलग्नतामा सञ्चालित पिनाकल एकेडेमी नतिजा र शैक्षिक उपलब्धिका दृष्टिले सर्वोत्कृष्ट कलेजका रूपमा स्थापित छ । पिनाकल एकेडेमीबाट प्लस टु गरेका अधिकांश विद्यार्थी उत्कृष्टको पर्याय बनेका छन् । यहाँ अध्ययन गरेका विद्यार्थी साइन्टिष्ट, डाक्टर, इञ्जिनियर बैंकर, राजनीतिक नेतृत्व आदिमा छन् । त्यसैकारण पनि पिनाकल अभिभावक र विद्यार्थीको रोजाईमा पर्दछ ।































प्रतिक्रिया