काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न भएको छ । शुक्रवार ललितपुर स्थित ‘द प्लाजा’मा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहर्याएका ७ वटा उत्कृष्ट र देशकै सर्वाेत्कृष्ट १ वटा सामुदायिक विद्यालयलाई सम्मान गरिएको छ ।
त्यसैगरी उत्कृष्ट शैक्षिक नतिजा पस्कने १६ संस्थागत तथा आवासीय विद्यालयहरू पनि सम्मानीत भएका छन् ।
कार्यक्रमको पहिलो चरणमा ‘के नेपाल शैक्षिक हव बन्न सक्छ ?’ भन्ने विषयमा प्यानल डिस्कसन भएको थियो । प्यानल डिस्कसनमा वक्ताको रुपमा पूर्वशिक्षामन्त्री विद्या भट्टराई, शिक्षा, विज्ञान तथा सुचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापा, गेट कलेजका संस्थापक अध्यक्ष खेमराज लकाई र इक्यानका अध्यक्ष शेषराज भट्टराई रहेका थिए । उनीहरुले ‘स्टडी इन नेपाल’ अवधारणालाई अगाडि बढाउन राज्यको नीतिगत कमजोरी मुख्य बाधक रहेको औंल्याउँदै यसलाई सकार्न सबैको हातेमालो हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८२’ बाट लामो समयदेखि अनवरत रुपमा शैक्षिक क्षेत्रमा योगदान पु-याएका उमेश श्रेष्ठ सम्मानित भए । भोजपुरबाट काठमाडौंसम्मको यात्रामा, आज देशका अग्रणी शिक्षण संस्थामध्येको एक लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष रहेका श्रेष्ठले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को कमाण्ड सम्हालिसकेका छन् ।
साथै पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्यको रूपमा उनी शिक्षा तथा स्वास्थ्यसम्बन्धी विभिन्न नीति निर्माण प्रक्रियामा सहभागी भएर योगदान दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण चौधरी र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान’ बाट सम्मानित भएका थिए । त्यसैगरी ‘शिक्षा सम्मान’बाट गेट कलेजका संस्थापक अध्यक्ष खेमराज लकाई सम्मानित भएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धताका कारण देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल शैक्षिक संस्थाहरुलाई सम्मान गरेको छ ।
सामुदायिकतर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ भने संस्थागततर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलमा अवस्थित जेभियर इन्टरनेसनल कलेज सम्मानित भएका छन् ।
सम्मानित हुने संस्थागत शैक्षिक संस्थाहरू
१. काठमाडौं मोडल सेकेन्डरी स्कुल (बालकुमारी) – बेस्ट परफर्मेन्स एक्सेलेन्स अवार्ड
२. ट्रिनिटी इन्टरनेशनल एसएस एण्ड कलेज – बेस्ट एकेडेमिक इनभाइरन्मेन्ट अवार्ड
३. पिनाकल एकेडेमी एसएस कलेज – कन्सिस्टेन्ट एकेडेमिक परफर्मेन्स अवार्ड
४. मूनलाइट सेकेन्डरी स्कुल – कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेशन अवार्ड
५. काठमाडौं बर्नहार्ट कलेज – बेस्ट हिस्टोरिकल अचिभमेन्ट्स अवार्ड
६. ओमेगा इन्टरनेसनल कलेज – आउटस्ट्यान्डिङ परफर्मेन्स अवार्ड
७. मनास्लु वल्र्ड कलेज – प्रेस्टिजियस प्लस टु अवार्ड
८. टेक्सास इन्टरनेसनल कलेज – बेस्ट इनोभेटिभ टिचिङ्ग प्राक्टिस अवार्ड
९. समृद्धि स्कुल – बेस्ट लर्निङ्ग सेन्टर अवार्ड
१०. ब्रिजवाटर इन्टरनेशनल कलेज – डाइनामिक एजुकेसन लिडरसिप अवार्ड
११. अरनिको आवासीय सेकेन्डरी स्कुल – रिजनल प्रेस्टिज अवार्ड
१२. मदरल्याण्ड सेकेन्डरी स्कुल –रिजनल प्रेस्टिज अवार्ड
१३. मोर्गन इन्टरनेसनल कलेज – आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड
उत्कृष्ट प्लस टु अवार्ड प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरु
काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बागबजार
युनाइटेड एकेडेमी, ललितपुर
रिलायन्स इन्टरनेसनल एकेडेमी, चाबहिल
जेभियर इन्टरनेसनल एकेडेमी, लाजिम्पाट
किस्ट कलेज एण्ड स्कुल, कमलपोखरी
लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर
लिटल एन्जल्स स्कुल, ललितपुर
भीएस निकेतन कलेज, तीनकुने
ट्रिटन एसएस कलेज, बालकुमारी
नेपाल मेगा कलेज, बबरमहल
नेपाल काष्ठमण्डप एसएस कलेज, कलंकी
आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर
प्रदेशअन्तर्गत सम्मानित हुने उत्कृष्ट सामुदायिक विद्यालयहरू





























प्रतिक्रिया