मनास्लु वर्ल्ड कलेजलाई ‘प्रेष्टिजियस प्लस टु’ अवार्ड

मनास्लु वर्ल्ड कलेजलाई ‘प्रेष्टिजियस प्लस टु’ अवार्ड

केन्द्रबिन्दु
756
Shares

काठमाडौं । काठमाडौंको चावहिलमा अवस्थित मनास्लु वल्र्ड कलेजलाई ‘प्रेष्टिजियस प्लस टु अवार्ड –२०८२’ बाट सम्मान गरिएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच आईएसओ सर्टिफाइड शैक्षिक गुणस्तर कायम राखेर दुई दशक लामो शैक्षिक यात्रा तय गरेको मनास्लु वल्र्ड कलेजलाई ‘प्रेष्टिजियस प्लस टु अवार्ड –२०८२’ प्रदान गरिएको हो ।

मनास्लुले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

विद्यार्थी र अभिभावकलाई उनीहरूको रुचि र सम्भावनाअनुसार सही विषय छनोट गर्न गहन परामर्श गराउनु चावहिलमा अवस्थित मनास्लुको कला हो । परम्परागत शिक्षाभन्दा माथि उठेर जीवनोपयोगी सीप र विश्वव्यापी प्रतिस्पर्धामा जोड दिने यस शैक्षिक संस्थाले आकर्षक छात्रवृत्तिको पनि व्यवस्था मिलाएको छ, जसमा शैक्षिक प्रदर्शन, अतिरिक्त क्रियाकलाप र मनास्लु एप्टिट्युड टेस्ट (म्याट) जस्ता परीक्षाहरूलाई आधारित मानिन्छ ।

अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचनाले सुसज्जित यस कलेजको कक्षाकोठामा एसी, प्रोजेक्टर छन् भने कलेजको आफ्नै होस्टेल पनि छ । स्कुल कलेजका विद्यार्थीहरू कलेजकै होस्टेलमै बसेर पढ्न सक्छन् ।

Skip This
Skip This
Logo