काठमाडौं । विराटनगरमा अवस्थित अरनिको आवासीय माध्यामिक विद्यालय ‘रिजनल प्रेष्टिज अवार्ड–२०८२’बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच नेपालको शिक्षा क्षेत्रमा पाँच दशक लामोसमयदेखि कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको छवि बनाउन सफल अरनिकोलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

स्थापनापछि अविछिन्न उत्कृष्ट नतिजा हासिल गर्दै आएको अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ । २०५६ सालदेखि कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको अरनिकोले विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ । यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् ।































प्रतिक्रिया