काठमाडौं । बसुन्धारामा अवस्थित मोर्गन इन्टरनेसनल कलेज आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस अवार्ड– २०८२” बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरुमा निरन्तर बोर्ड फस्टको रेकर्ड बनाएको मोर्गन कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
मोर्गन कलेज एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न सफल भएको छ । दूरदर्शी र अन्तर्राष्ट्रिय सोच भएका शैक्षिक विज्ञहरूको सक्रियतामा खोलिएको यो कलेज एक यस्तो उत्कृष्ट शैक्षिक संस्था हो, जुन प्रविधि र व्यवस्थापन क्षेत्रमा विश्वस्तरमा अब्बल जनशक्ति उत्पादनको लक्ष्यसहित अगाडि बढेको छ । शिक्षण, अध्ययन, सिर्जना, नवप्रवर्तन र नेतृत्व विकासमा समर्पित यो कलेज देशका उत्कृष्ट कलेजहरूमध्ये एकको रूपमा उभिएको छ ।































प्रतिक्रिया