पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुललाई पनि रिजनल प्रेष्टिज अवार्ड

पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुललाई पनि रिजनल प्रेष्टिज अवार्ड

केन्द्रबिन्दु
3.5k
Shares

कास्की । कास्कीको पोखरामा अवस्थित मदरल्यान्ड सेकेन्डरी स्कुल ‘रिजनल प्रेष्टिज अवार्ड–२०८२’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै उत्कृष्ट शिक्षालय (कक्षा ११ र १२) को परिचय बनाउन सफल यस मदरल्यान्ड माविलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

गण्डकी प्रदेशमा मात्रै नभइ आफूलाई देशैभरका अब्बल शैक्षिक संस्थाहरुको सूचिमा उभ्याउन सफल मदरल्यान्ड शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेर अगाडि बढेको छ ।

सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा केन्द्रित रहेको मदरल्यान्डमा कास्की लगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई समान अवसर प्रदान गर्दै आएको यो शैक्षिक संस्थाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यमा जोड दिँदै उत्कृष्ट नतिजा आत्मसाथ गर्दै आएको छ । शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।

Logo