एजेन्सी । सौर्यमण्डल भन्दा बाहिर थप दुई वटा नयाँ ग्रह पत्ता लागेका छन् । अमेरिकामा पाँच महिना पहिला लञ्च गरिएको एक दूरविनले दुई वटा नयाँ ग्रह पत्ता लगाएको हो । नासाको ट्रान्जिटिङ्ग एक्सोप्लेनेट सर्वे सेटेलाइटले सुपर र हट सम्बन्धी कुराहरुको अनुसन्धान गरेको छ ।
यि दुई ग्रह कमसेकम ४९ प्रकाश वर्ष पुराना हुन् । अप्रिलमा लञ्च भएपछि सेटेलाइटको यो पहिलो अनुसन्धान हो । टीईएसएस २ वर्षको लागि अन्तरिक्षमा पठाइएको छ । करिब ३७ दशमलव ७ करोड डलरखर्च गरेर बनाइएको यो योजना एक्सोप्लेनेट ग्रहहरुको जानकारी दिनेछ ।
अहिले जुन दुई ग्रहहरुको अनुसन्धान गरिएको छ ति ग्रहहरु धेरै गर्मी रहेको पनि पत्ता लागेको छ । त्यहाँ जीवनका लागि उचित हावापानी पाइदैन । टीईएसएसका डेपुटि साइन्स डाइरेक्टर सारा सिगर यस प्रकारका धेरै कुरामा खोज गरिरहेका छन् ।
समाचार एजेन्सीसँग कुरा गर्दै साराले भने, ‘हामीले थोरै समय कुरेर यो देख्नुछ, टीईएसएस अब के–के अनुसन्धान गर्छ । हामीलाई थाहा छ कि बाहिर ग्रहहरु छन् र रातमा आकाशमा के–के बिग्रिएको छ । हामी खोज्दै छौं ।’
टीईएसएसले आफ्ना पुर्ववर्ती केपलर स्पेस टेलिस्कोपको काम गर्नको लागि बनाएको हो । केपलरले गएका २० वर्षमा ३७०० भन्दा धेरै बाहिरी ग्रहहरुको अनुसन्धान गरेको छ । अब यसको इन्धन पनि सकिएको छ ।
नासाले यसबाट हजारौँ बाहिरी ग्रह खोज्ने आश गरेको छ । जुन अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् । यसमा पनि सैकडा यस्ता छन् जो पृथ्वी या सुपर अर्थ आकारका छन् ।
जुन ग्रहहरुको सतह चट्टानी हुन्छ वा (समुन्दर) हुन्छ त्यहाँ जीवन उत्पत्तिको लागि राम्रो मानिन्छ । वैज्ञानिकहरुले भनेका छन्, की, टीईएसएस ग्रहको सुचिमा कम से कम १०० चट्टानी ग्रहहरु खोज्ने छ । जसले भविष्यमा अन्तरिक्षसँग जोडिएका विषयहरुमा जोड दिने छ ।





























प्रतिक्रिया