काठमाडौं । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सामुदायिकतर्फ देशकै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा सम्मानित भएको छ ।
केन्द्रविन्दु अनलाइन मिडिया प्रालिले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत कालिका मानवज्ञान माविलाई शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो ।
स्थापनाकालदेखिको अतुलनीय योगदान र वि. सं २०८१ सालको एसईईको नतिजाको आधारमा उक्त विद्यालयलाई सम्मान गरिएको हो । यस वर्ष एक हजार ६ सय २४ जना विद्यार्थी एसईईको परीक्षामा सहभागि भएर उत्कृष्ट नतिजा हासिल गरेका थिए ।
बुटवलको अवस्थित कालिका मानवज्ञान मावि नेपालको सामुदायिक विद्यालय क्षेत्रको एक उज्यालो नक्षत्र हो । विं सं २०१८ मा स्थानीय बासिन्दा, विशेषगरी पूर्वसैनिकहरूको पहलमा खुलेको यो विद्यालयले शिक्षाको ज्योति बाल्न गोठ र खुला चौरबाट सुरु भएको यात्रामा आज गौरवपूर्ण इतिहास रच्न सफल भएको छ ।
शुरुवातमा प्राथमिक तहबाट सुरु भएको विद्यालय विं संं २०२९ मा निम्न माध्यमिक र विं सं २०३२ मा माध्यमिक तहमा स्तरोन्नती भयो । अहिले विद्यालयमा ईसीडी देखि कक्षा १२ सम्मको अध्ययन गराइन्छ भने प्राविधिक धारमा कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरिङ पढाइन्छ । त्यसैगरी विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन लगायत विविध संकायमा अध्ययन अध्यापन हुन्छ ।































प्रतिक्रिया