बोर्ड अध्यक्ष महाश्रम शर्मा ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित

बोर्ड अध्यक्ष महाश्रम शर्मा ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । पाँच दशकदेखि शिक्षा क्षेत्रमा आवद्ध भई शैक्षिक सुधारमा योगदान पु-याउँदै आएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।

शर्मा केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’मार्फत ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित भएका हुन् ।

विगत लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित भई नेपाल सरकार अन्तर्गत शिक्षा सेवामा र सरकारको सेवामा रहेर राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष जस्तो गरिमामय पदमा रही शिक्षा क्षेत्रमा शर्माले दिएको याेगदान उल्लेखनीय रहेको छ ।

सफल कार्यसम्पादन, कार्यदक्षता, नीति कार्यान्वयन र व्यवस्थापनमा उनको उल्लेखनीय प्रतिबद्धता नेपाली शिक्षा क्षेत्रको लागि प्रेरणादायी छ ।

Skip This
Skip This
Logo