अध्यक्ष राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित

अध्यक्ष राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित

केन्द्रबिन्दु
186
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघका अध्यक्ष राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड २०८२’अन्तर्गत ‘शिक्षा विशेष सम्मान २०८२’ बाट बराललाई सम्मान गरिएकाे हाे ।

बराल नेपाललाई शैक्षिक गन्तव्य बनाउनुपर्छ भन्ने आवाज उठाउने पहिलो व्यक्ति हुन्, जुन अहिले शिक्षा सरोकारवालाहरूबीच महत्त्वपूर्ण विषय बनेको छ ।

शैक्षिक परामर्श संघलाई व्यवस्थित र मर्यादित बनाउनमा पनि बरालको भूमिका महत्त्वपूर्ण रहेको छ । वि.सं. २०६२ मा शैक्षिक परामर्श क्षेत्रमा देखिएको विकृति र अस्थिरतालाई सम्बोधन गर्न, व्यावसायिक हक, पारदर्शिता र मर्यादाको स्थापनाका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघको स्थापना गरी यस क्षेत्रको एकीकरण र व्यावसायिक उत्थानका लागि उनले चालेकाे कदम प्रशंसनीय छ ।

नेपालमा शैक्षिक परामर्श व्यवसायलाई आधिकारिकता र विधिवत् मापदण्ड दिनका लागि विज्ञान तथा प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै ‘शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०६८’ को निर्माणमा उनले अतुलनीय भूमिका खेलेका छन् ।

Skip This
Skip This
Logo