काठमाडौं । लाजिम्पाटमा रहेको जेभियर एकेडेमी ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानीत भएको छ ।
केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्दबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत जेभियर एकेडेमी ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको हो ।
लाजिम्पाटमा २०५४ सालमा औपचारिक रूपमा स्थापना गरिएको जेभियर एकेडेमीले अभिभावक र शिक्षकबीचको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्नै विद्यार्थीहरुको भविष्यका लागि मार्गचित्र कोर्ने गरेको छ ।
विद्यालय र विद्यार्थीसँग सम्बन्धित विविध विषयमा चर्चा, समीक्षा, योजना तथा सुझाव संकलन गर्दै कलेजले प्रगति, समस्या र भावी योजनाहरूमा समावेश गर्दै आएको छ ।
जेभियर एकेडेमीले गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजाको आफ्नो मर्मलाई कुनै वर्ष पनि कमजोर बन्न दिएको छैन । यो कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ । जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ । साथै नियमित रुपमा परीक्षा, अन्र्तक्रिया, छलफल आदि गराउँछ ।
विद्यार्थी हरेक क्रियाकलापलाई रचनात्मक ढंगले सरोकार राख्ने जेभियरले पढाई मात्र होइन, विद्यार्थीले आफ्नो रुची अनुसारको क्षमता पनि विकास गर्नुपर्छ भन्ने ध्येय राखेको छ ।































प्रतिक्रिया