भीएस निकेतन कलेजलाई ‘बेष्ट प्लस टु अवार्ड’

भीएस निकेतन कलेजलाई ‘बेष्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
2.45k
Shares

काठमाडौं । तीनकुनेमा रहेको भीएस निकेतन कलेज ‘बेष्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको हो ।

नतिजा, शिक्षण सिकाई, अतिरिक्त कृयाकलाप, भौतिक संरचनाका आधारमा भीएस निकेतनलाई सम्मान गरिएको हो ।

चार दशकको यो यात्रामा निरन्तर आफूलाई अब्बल सावित गर्दै आएको शैक्षिक संस्था हो, भीएस निकेतन । कक्षा ११ र १२ का परीक्षामा आफूलाई अब्बल सावित गर्न सफल भीएसले कक्षा ११ र १२ तर्फ विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । दक्ष जनशक्ति तयार गर्नु भिएस निकेतनको पहिलो उद्देश्य हो । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेको यो कलेजले जुनसुकै संकायबाट आउने विद्यार्थीलाई समेत बीबीए प्रोग्राममा भर्ना लिने गरेको छ ।

उत्कष्ट नतिजा, पठनिय वातावरण, अत्याधुनिक भौतिक संरचना, गुणस्तरीय शिक्षाका कारण देश भरिकै विद्यार्थीको रोजाईमा भिएस निकेटन पर्ने गरेको छ ।

Skip This
Skip This
Logo