ट्रिटन इन्टरनेसनल ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित

ट्रिटन इन्टरनेसनल ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित

केन्द्रबिन्दु
1.37k
Shares

काठमाडौं । बालकुमारीमा अवस्थित ट्रिटन इन्टरनेसनल स्कुल एन्ड कलेज ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको हो ।

२०५६ सालमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ज्ञान, अनुभव र दक्षता हासिल गरेका विज्ञ समूहको सोच र आँटले खुलेको संस्था हो, ट्रिटन ।

कलेजले विद्यार्थी, अभिभावक र सहकर्मीबीच मार्गनिर्देशकको भूमिका निर्वाह गर्दै सफल व्यवसायिक जीवनका लागि सधैं प्रेरित गर्ने गरेको छ । यस कलेजमा कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायको पठनपाठन हुन्छ ।

जीवनउपयोगी सिकाईलाई प्राथमिकतामा राख्दै आएको ट्रिटनले युग सुहाउँदो नविनतम् उपकरण एवं प्रविधिको प्रयोग गर्दैै विद्यार्थीलाई पढाईका अतिरिक्त जीवनका मूल्य र मान्यताहरु पनि सिकाउने गरेको छ ।

Skip This
Skip This
Logo