काठमाडौं । कलंकीमा रहेको नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल एण्ड कलेज ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको हो ।
कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकायमा अध्यापन गराउँदै आएको नेपाल काष्ठमण्डपले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यो कलेजले गुणस्तरीय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । पढाईपछि रोजगार र उद्यमशिलतासँग जोड्न हरसम्भव प्रयास गर्ने यो शिक्षण संस्थाले दक्ष एवं अनुभवी, प्रतिष्ठित शिक्षक समूह, बैंकर, उद्यमीहरुको संयुक्त जगमा आफूलाई उभ्याएको छ । भविष्यको गन्तव्यबारे जानकार बनाउनु कलेजले आफ्नो मुख्य कर्तव्य ठानेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।































प्रतिक्रिया