काठमाडौं । सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी केन्द्रबिन्दु ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’अन्तर्गत ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित भएका हुन् ।
अरुण चौधरी नेपाली औद्योगिक क्षेत्र र शिक्षा क्षेत्रमा विशेष योगदान दिँदै आएका छन् । शिक्षा केवल ज्ञानको सञ्चार मात्र होइन, एक यथार्थपरक र व्यावहारिक दृष्टिकोणबाट समाजलाई परिवर्तन गर्ने महत्वपूर्ण साधन पनि हो भन्ने विषयलाई ध्यानमा राखेर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
त्यसैगरी शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उदेश्यले अरुण चौधरी फाउण्डेशन मार्फत निम्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान भैरहेको छ ।































प्रतिक्रिया