मेस्सी चम्किँदा इन्टर मियामीकाे जित

मेस्सी चम्किँदा इन्टर मियामीकाे जित

केन्द्रबिन्दु
84
Shares

काठमाडाैं । अर्जेन्टिनी स्टार लियोनल मेस्सी चम्किँदा मेजर लिग सकरमा इन्टर मियामीले जित दर्ता गरेकाे छ । इन्टर मियामीले न्यासभिलविरुद्ध २-१ को महत्त्वपूर्ण जित निकालेकाे हाे ।

खेलमा मेस्सीले १७औं मिनेटमा उत्कृष्ट गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए। उनको सटिक प्रहारले विपक्षी गोलरक्षकलाई कुनै मौका दिएन। तर, दोस्रो हाफको सुरुवातमै न्यासभिलले पलटवार गर्‍यो। खेलको ४९औं मिनेटमा ह्यानी मुख्तारले गोल गर्दै खेल बराबरीमा ल्याए, जसले बाँकी खेललाई थप रोमाञ्चक बनायो।

तर, मेस्सीको जादुयी प्रदर्शन रोकिएन। उनले खेलको ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मियामीलाई २-१ को अग्रता दिलाएका हुन् ।

Logo