सिईओ खेमराज लकाई केन्द्रबिन्दु ‘शिक्षा सम्मान’बाट सम्मानित

सिईओ खेमराज लकाई केन्द्रबिन्दु ‘शिक्षा सम्मान’बाट सम्मानित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी (गेट) कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) खेमराज लकाई ‘शिक्षा सम्मान’ बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमका अवसरमा लामो समयदेखि विभिन्न तह र तप्कामा रहेर शैक्षिक सुधारका लागि महत्वपूर्ण योगदान दिएका लकाईलाई सम्मान गरिएको हो ।

नेपाललाई शैक्षिक गन्तब्य बनाउन सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हुन् लकाई । उनले नेपालमै बसेर नेपालमै बसेर विश्वका प्रतिष्ठित संस्थासँग साझेदारी गरी, व्यवहारिक शिक्षालाई जीवन उपयोगी बनाउनमा विशेष भूमिका निर्वाह गरेका छन् । हजारौं हन्डर खाएर भएपनि विदेशी विद्यार्थीलाई नेपालमा ल्याई शिक्षा दिन सफल भएका छन् ।

Logo