काठमाडाैं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको पुतलीसडकमा अवस्थित राइटपाथ करिअर काउन्सिलिङ ‘लिडिङ मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी’ अवार्डबाट सम्मानित भएकाे छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा राइट पाथ करिअरलाई पनि सम्मान गरिएको हाे ।
यस अवार्डले राइट पाथ करिअर काउन्सिलिङले विद्यार्थीहरूलाई विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उच्च शिक्षाका लागि परामर्श प्रदान गर्न उत्कृष्ट योगदान पुर्याएको तथ्यलाई प्रमाणित गर्दछ । विद्यार्थीहरूको रुची र आवश्यकता अनुसार विभिन्न देशहरूमा अध्ययनका अवसरहरू पहिल्याउन र उनीहरूलाई सही मार्गनिर्देशन गर्न राइट पाथले खेलेको भूमिकाको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो।

सुरुवाती अवस्थामा युके अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको यस संस्थाले विस्तारै क्यानडा, अष्ट्रेलिया र अमेरिका जान चाहने विद्यार्थीलाई पनि दक्ष काउन्सिलरद्वारा परामर्श सेवा प्रदान गरेको छ । राइटपाथले भारतको नयाँदिल्लीसहित देशका प्रमुख ८ वटा शहरमा आफ्नो शाखा विस्तार गरिसकेको छ।





























प्रतिक्रिया