एक्सेस एजुकेसन नेटवर्कलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी न्यूजिल्याण्ड अवार्ड’

एक्सेस एजुकेसन नेटवर्कलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी न्यूजिल्याण्ड अवार्ड’

केन्द्रबिन्दु
615
Shares

काठमाडौं । एक्सेस एजुकेसन नेटवर्क ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (न्यूजिल्याण्ड) अवार्डबाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत न्यूजिल्याण्ड वैदेशिक अध्ययनका लागि सबैभन्दा बढि विद्यार्थीको रोजाईमा पर्ने गरेको एक्सेस एजुकेसन नेटवर्कलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

एक्सेस एजुकेसन नेटवर्क नेपालमा विधिवत रूपमा दर्ता भई सञ्चालनमा आएको एक अग्रणी शैक्षिक परामर्श संस्था हो । अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तरीय शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि यस संस्थाले परामर्श सेवा प्रदान गर्दै आएको छ ।

विद्यार्थीहरू सधैं आफ्नो क्षेत्रमा सफल हुन चाहन्छन्, तर भिसा नीति, नियम र प्रक्रिया बुझ्न जटिल हुनसक्छ । यसै कठिनाइलाई मध्यनजर गर्दै एक्सेस एजुकेसन नेटवर्कले विद्यार्थीलाई सही जानकारी, परामर्श र आवश्यक कागजात तयारीमा सहयोग पु¥याउने उद्देश्य राखेको छ ।

अनुभवी र जिम्मेवार व्यक्तिहरूको टोलीद्वारा सञ्चालित यस संस्थाले विद्यार्थीहरूलाई मनपर्ने शिक्षण संस्थामा भर्ना हुने प्रक्रिया सहज बनाउन मार्गदर्शन प्रदान गर्छ । यस संस्थाले आफ्नो विश्वसनीय सेवा र इमान्दार कार्यशैलीका कारण छोटो समयमा नै नेपाली समुदायमा राम्रो छवि बनाएको छ ।

शैक्षिक परामर्शको क्षेत्रमा एक्सेस एजुकेसन नेटवर्क एक प्रमुख नाम बनिसकेको छ, जसले विद्यार्थीको सपना पुरा गर्न सक्दो प्रयास गरिरहेको छ।

Skip This
Skip This
Logo