काठमाडौं । बुद्धनगरमा अवस्थित द नेक्स्ट एजुकेसन कसल्टेन्सी ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अस्ट्रेलिया अवार्ड’बाट सम्मानित भएकाे छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत अष्ट्रेलिया वैदेशिक अध्ययनका लागि सबैभन्दा बढी विद्यार्थीको रोजाईमा पर्ने गरेको द नेक्स्ट एजुकेसन कसल्टेन्सीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
द नेक्स्टलाई विद्यार्थी र अभिभावकको रोजाईका आधारमा सम्मान गरिएको हो ।
द नेक्स्ट एजुकेसन कसल्टेन्सी नेपालमा सबैभन्दा भरपर्दो र व्यापक अध्ययन परामर्शदाताको रूपमा परिचित एक प्रतिष्ठित संस्था हो। यसको मुख्य कार्यालय काठमाडौंको डिल्लिबजारमा रहेको छ भने अस्ट्रेलियाको सिड्नीमा सहयोग कार्यालय र नेपालका विभिन्न शहरहरू नारायणघाट, पोखरा, नवलपरासी, पर्सा, भैरहवा, विराटनगर, दमक, र बुटवलमा शाखा कार्यालयहरू छन् ।
यस संस्थाको एकमात्र लक्ष्य भनेको विद्यार्थीहरूलाई उनीहरूको भविष्य निर्माणका लागि उत्तम शिक्षण संस्था रोज्न सहयोग गर्नु हो । यो संस्थाले आफ्नो लामो अनुभव र विशेषज्ञताको प्रयोग गरेर हरेक विद्यार्थीका लागि उपयुक्त शिक्षण संस्था छनोट गर्न सहयोग गर्छ ।
अस्ट्रेलियाका प्रतिष्ठित शैक्षिक संस्थासँगको उत्कृष्ट नेटवर्कले द नेक्स्टले विद्यार्थीहरूलाई उच्च स्तरको सेवा प्रदान गर्न सक्षम बनाएको छ । विद्यार्थी र अभिभावकहरूको विश्वास, समर्थन, र प्रेमले द नेक्स्टलाई थप ऊर्जा दिएको छ ।
त्यसैले संस्था अझै धेरै विद्यार्थीका लागि सेवा विस्तार गर्दै आएको छ । निरन्तर विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि मार्गदर्शन गर्दै, द नेक्स्टले परामर्श सेवामा आफ्नै छुट्टै स्थान निर्माण गरेको छ ।































प्रतिक्रिया