काठमाडौं । म्यापल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (क्यानडा) अवार्ड’ प्रदान गरिएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत क्यानडा अध्ययनका लागि सबैभन्दा बढी विद्यार्थीको रोजाईमा पर्ने गरेको म्यापललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
म्यापल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी एक अग्रणी शैक्षिक परामर्श संस्था हो । जसले विद्यार्थीहरूलाई अद्यावधिक कलेज तथा विश्वविद्यालय जानकारी, उचित शैक्षिक परामर्श, भिसा दस्तावेज तयारी मार्गनिर्देशन र छिटो तथा भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।
स्थापना कालदेखि नै यस संस्थाले विद्यार्थी र अभिभावकहरूबीच सशक्त विश्वास र राम्रो साख कायम गर्न सफल भएको छ । अनुभवी तथा योग्य व्यक्तिहरूको टोलीद्वारा सञ्चालित म्यापलले विभिन्न विषयमा उत्कृष्ट कार्यक्रम छनोट, पाठ्यक्रम चयन, र भर्ना प्रक्रियामा पूर्ण मार्गदर्शन प्रदान गर्दै आएको छ ।
नेपालका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक वातावरणमा समावेश गराउन तथा बहुसांस्कृतिक अनुभव दिलाउन म्यापलले विभिन्न विश्वविद्यालय तथा कलेजहरूसँग साझेदारी गर्दै शैक्षिक परामर्शको दुनियाँमा प्रतिनिधिको रूपमा काम गरिरहेको छ ।































प्रतिक्रिया