काठमाडौं । सक्सेस एब्रोड स्टडी ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (जापान) अवार्डबाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत जापान वैदेशिक अध्ययनका लागि सबैभन्दा बढी विद्यार्थीको रोजाईमा पर्ने गरेको सक्सेस एब्रोड स्टडीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
सक्सेस एब्रोड स्टडीले सधैं शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै विद्यार्थीहरूलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्नलाई आफ्नो प्रमुख लक्ष्य बनाएर विद्यार्थीलाई सेवा प्रदान गरिरहेको छ ।
विद्यार्थीहरूका लागि विदेश अध्ययन प्रक्रियामा आउने विभिन्न झन्झटहरू कम गर्दै, उनीहरूको निराशा हटाउन उपयुक्त र भरपर्दो विधि अपनाउनु एसएएसको मुख्य उद्देश्य हो । यस संस्थाले गुणस्तरीय र प्रभावकारी सेवामार्फत विद्यार्थी र शैक्षिक संस्थाबीचको सम्बन्ध सुदृढ बनाउँदै आएको छ ।
अनुभवी र प्रेरित टोलीले सृजनात्मक र नवीन शैली अपनाएर विद्यार्थीलाई परामर्श दिने, अभिभावक, विश्वविद्यालय र विद्यार्थीहरूको अभिमत संकलन गर्दै अनुसन्धानमा आधारित सेवा प्रदान गर्नु एसएएसको प्राथमिकता हो ।
विद्यार्थीहरूको सकारात्मक प्रतिक्रिया, उच्च भिसा सफलता दर, सुलभ शुल्क, आधुनिक प्रविधियुक्त कक्षाहरू, अनुशासित वातावरण र व्यक्तिगत मार्गदर्शनले गर्दा एसएएस एक विश्वासिलो र लोकप्रिय शैक्षिक परामर्श संस्था बन्न सफल भएको छ ।





























प्रतिक्रिया