हब इन्टरनेसनललाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (आयरल्याण्ड)’को अवार्ड

हब इन्टरनेसनललाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (आयरल्याण्ड)’को अवार्ड

केन्द्रबिन्दु
267
Shares

काठमाडौं । हब इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (आयरल्याण्ड)’ को रुपमा सम्मानित गरिएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ का अवसरमा हब इन्टरनेसनललाई उक्त सम्मान गरिएको हो । उक्त कन्सल्टेन्सी वैदेशिक अध्ययनका आयरल्याण्ड जानका लागि सबैभन्दा बढी विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।

हब इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले सन् २००६ मा विदेशमा अध्ययनको यात्राको थालनी गर्दै नेपालको शैक्षिक परामर्श सेवामा नयाँ अध्याय सुरु गरेकाे थियाे । १७ वर्षको अविरल सेवा, निरन्तर परिश्रम र प्रतिबद्धता पश्चात्, यस संस्थाले आफ्नो प्रभाव विश्वव्यापी बनाउँदै अष्ट्रेलियाको पर्थ सहरमा आफ्नो मुख्य कार्यालय स्थापना गर्न सफल भएकाे छ ।

साधारण शुरुवातबाट सुरु भएको हब इन्टरनेसनलले आज विश्वका ५०० भन्दा बढी शैक्षिक संस्थाहरूसँग साझेदारी गर्दै युके, युएसए, अष्ट्रेलिया, क्यानडा, इण्डिया, न्युजिल्याण्ड, र आयरल्याण्ड लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि भरपर्दो पुलको काम गरिरहेको छ ।

नेपालसहित युएई, फिलिपिन्स, भियतनाम, पाकिस्तान, श्रीलंका, भारत र म्यानमारमा कार्यालय स्थापना गर्दै हवले अन्तर्राष्ट्रिय शिक्षा सञ्जालमा आफ्नो स्पष्ट पहिचान बनाएको छ ।

Skip This
Skip This
Logo