काठमाडौं । नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋण पत्र जारी गर्न लागेको छ ।
बैकले कुल ३० लाख कित्ता सहितको ७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ८ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ ।
जारी गर्न लागिएको कुल कित्ता मध्येबाट १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि छुट्याइएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।































प्रतिक्रिया