सांग्रिला डेभलपमेन्ट बैंकले विपन्न समुदायका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत बैंकले काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिललगायत स्टेसनरी सामग्री वितरण गरेको हो । एकेडेमीमा आयोजित कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिन् ।

आर्थिक रूपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई अध्ययन–अध्यापन गराइरहेको एकेडेमीका अध्यक्ष डा. माला खरेलले जानकारी दिइन् । आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।































प्रतिक्रिया