विद्यार्थीलाई व्यवहारिक शिक्षासँगै रोजगारीमा जोड्दै सिन्धुली कलेज

विद्यार्थीलाई व्यवहारिक शिक्षासँगै रोजगारीमा जोड्दै सिन्धुली कलेज

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । होटेल म्यानेजमेन्ट र प्राविधिक शिक्षाको क्षेत्रमा सिन्धुली कलेजले स्थापनाकालदेखि नै आफ्नो विशिष्ट पहिचान बनाएको छ । सिन्धुलीमा मात्र नभई काठमाडौं उपत्यका र देशभरका शैक्षिक हबहरूमा यो कलेजले आफ्नो उत्कृष्टताको छाप छोडेको छ । समयानुकूल शिक्षा, व्यवहारिक सिकाइ र रोजगारीमा केन्द्रित पाठ्यक्रमले यो कलेज विद्यार्थीहरूको पहिलो रोजाइ बनेको छ ।

सिन्धुली कलेजले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र प्रयोगात्मक सिकाइमा विशेष जोड दिँदै आएको छ । कलेजका प्रबन्ध निर्देशक समीर ढकाल भन्छन्, “हामी विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित राख्दैनौँ, उनीहरूलाई वास्तविक जीवनमा उपयोगी हुने सीप र आत्मविश्वास प्रदान गर्छौँ ।” २०७५ मा स्थापना भएको यो कलेजले सुरुवाती दिनमा १० जना विद्यार्थीबाट यात्रा शुरू गरेको थियो । “सिन्धुली प्राविधिक शिक्षाको केन्द्रका रूपमा परिचित भइसकेको थियो । हामीले होटेल म्यानेजमेन्ट र आतिथ्य क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देखेर यो कलेज स्थापना गरेका हौँ,” ढकालले थपे ।

होटेल म्यानेजमेन्टलाई धेरैले सुरुमा भाँडा माझ्ने वा फोहोर उठाउने कामसँग जोडेर हेर्थे । तर, ढकाल स्पष्ट गर्छन्, “होटेल म्यानेजमेन्ट भनेको होटेल, रिसोर्ट, रेस्टुरेन्ट, क्रुज, एयरलाइन्स र स्पा जस्ता सम्मानजनक र आकर्षक क्षेत्रमा व्यवस्थापनको कला सिकाउने शिक्षा हो ।” समयसँगै यस्ता भ्रमहरू चिरिएका छन् । आज सिन्धुली कलेजका स्नातकहरूले स्वदेश र विदेशमा आर्थिक रूपमा समृद्ध भविष्य बनाइरहेका छन् ।

आजको प्रतिस्पर्धी बजारमा सिन्धुली कलेजले विद्यार्थीलाई विश्वस्तरीय अवसर प्रदान गर्न नयाँ रणनीति अपनाइरहेको छ । ढकाल भन्छन्, “हामी विद्यार्थीलाई ५ तारे होटेलहरूमा इन्टर्नसिप, अन्तर्राष्ट्रिय बजारमा रोजगारी, नेतृत्व र सञ्चार कौशल विकास र नवीन गतिविधिहरू मार्फत विकासमुखी सोच निर्माणमा प्रेरित गर्छौँ ।” यस्ता प्रयासले विद्यार्थीहरूलाई व्यावसायिक र व्यक्तिगत जीवनमा अगाडि बढ्न सघाउ पु¥याएको छ ।

सिन्धुली कलेजले होटेल म्यानेजमेन्टमा प्लस टु (एनइबी), सामान्य व्यवस्थापन, कम्प्युटर साइन्सका साथै छोटो अवधिका प्राविधिक डिप्लोमा र एडभान्स डिप्लोमा कोर्सहरू प्रदान गर्छ । यस्तै विशेष संयोजन कोर्समार्फत विद्यार्थीले दुई वर्षमा प्लस टु र डिप्लोमा दुवै प्रमाणपत्र प्राप्त गर्न सक्छन् । “प्लस टुको प्रमाणपत्रले बीबीए, बीएचएम, बीबीएस वा बीएससीआइटी जस्ता स्नातक तहका कोर्स पढ्न सहयोग गर्छ भने डिप्लोमाले विदेशमा राम्रो तलब र अवसर सुनिश्चित गर्छ,” ढकालले बताए ।

कलेजको डिप्लोमा कोर्सको ७० देखि ८० प्रतिशत हिस्सा व्यवहारिक सिकाइमा केन्द्रित रहेको छ । “हामी विद्यार्थीलाई किताबमा मात्र सीमित राख्दैनौँ । हाम्रो इन्टर्नसिप कार्यक्रमले उनीहरूलाई ५ तारे होटेलहरूमा प्रत्यक्ष अनुभव प्रदान गर्छ,” ढकालले जोड दिए । इन्टर्नसिपपछि जापान, दुबई, कतार, मलेसिया र युरोपजस्ता मुलुकमा रोजगारीका अवसरहरू छनोट गर्न कलेजले सहयोग गर्छ । हाल, ७० देखि ८० प्रतिशत स्नातकहरू नेपाल वा विदेशमा रोजगारीमा संलग्न छन् भने १० भन्दा बढी विद्यार्थी ‘अर्न एन्ड लर्न’ मोडलमा विदेशमा मासिक ४० देखि ७० हजारसम्म कमाउँदै स्नातक तहको पढाइ पनि पूरा गरिरहेका छन् ।

सिन्धुली कलेजका विद्यार्थीहरूले होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, बीबीए, बीबीएस, बीएससीआइटी लगायतका कोर्सहरू नेपाल वा विदेशमा पढ्न सक्छन् । रोजगारीका लागि होटेल, रिसोर्ट, बैङ्क, क्रुज, एयरलाइन्स, रेस्टुरेन्ट, अस्पताल र इभेन्ट म्यानेजमेन्ट जस्ता क्षेत्रमा अवसरहरू उपलब्ध छन् । “होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले व्यवस्थापन र आतिथ्य दुवै क्षेत्रमा करियर बनाउन सक्छन्, जुन सामान्य व्यवस्थापन पढ्ने विद्यार्थीका लागि सम्भव नहुन सक्छ,” ढकालले भने ।

सिन्धुली कलेजले विद्यार्थीलाई प्राविधिक सीप, व्यावसायिक दक्षता र नेतृत्व क्षमता प्रदान गरेर उनीहरूको भविष्य उज्ज्वल बनाउन प्रतिबद्ध छ । समयानुकूल शिक्षा, व्यवहारिक सिकाइ र रोजगारीमा केन्द्रित दृष्टिकोणले यो कलेजले नेपालको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको छ ।

Skip This
Skip This
Logo