धुम्बाराहीमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफेको उद्घाटन, एउटै छानामुनी अनेकन सुविधा

धुम्बाराहीमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफेको उद्घाटन, एउटै छानामुनी अनेकन सुविधा

केन्द्रबिन्दु
930
Shares

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालनमा आएको छ ।

सोमबार उक्त होटलको उद्घाटन भएको हो । होटल स्मार्टले ग्राहकहरूलाई आधुनिक सुविधासहितको रमणीय वातावरण प्रदान गर्ने लक्ष्य लिएको छ । होटलमा कफी तथा बेकरी पसल, भव्य ब्यांक्वेट हल, रमणीय क्याफे र रेस्टुरेन्ट, शुद्ध स्वादका लागि थाकाली भान्छा, स्वास्थ्यका लागि समर्पित वेलनेस सेन्टर (स्विमिङ पुल, साउना र स्टिमसहित), आरामदायी होटल कोठाहरू र आधुनिक रुफटप बार लगायतका सुविधाहरू उपलब्ध छन् ।

होटलका विभिन्न सेवाहरूमा अनुभवी व्यक्तित्वहरूको संलग्नता रहेको छ ।

उक्त उद्घाटन समारोहमा महानायक राजेश हमालले यस होटलमा सबै सुविधाहरु एकै ठाँउमा उपलब्ध भएको भन्दै यसको सफलताको लागि शुभकामना दिएका छन् ।

उनले भने, ‘धेरै लामो समयको अनुभवले यो होटल खोलिएको छ । यस होटलमा सबै सुविधाहरु उपलब्ध छन् । यसको सफलताको लागि शुभकामना दिन चाहन्छु ।’

सोही क्रममा नेपाली चलचित्रका चर्चित कलाकार राजाराम पौडेलले पनि नयाँ होटल एकदमै राम्रो लागेको भन्दै यो ठाँउ सुटिङ्को लागि राम्रो हुने जस्तो देखेको पनि बताए ।

उनले भने, ‘आजबाट स्मार्ट होटल सञ्चालनमा आएको छ । एकदमै राम्रो लाग्यो यो होटल, त्यसले गर्दा एकदमै राम्रो तरिकाले चल्छ जस्तो लागेको छ । यो सुटिङकाे लागि राम्रो ठाउँ हुन्छ पनि जस्तो लागेको छ ।’

Logo