आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Skip This
Skip This
Logo