झापा इनर्जीले पायो आईपीओ निष्काशनको अनुमति

झापा इनर्जीले पायो आईपीओ निष्काशनको अनुमति

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । झापा इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि साधारण सेयर आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पाएको छ । कम्पनीलाई ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँको आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कम्पनीले झापाको शिवसताक्षी–४ मा निर्माण सम्पन्न गरेकाे १० मेगावाटकाे साैर्य आयोजना सञ्चालनमा छ । आयोजनाबाट हाल ६ मेगावाट मात्र बिजुली उत्पादन भइरहेकाे छ ।

Logo