घुस डिल प्रकरणमा जोसुकै भएपनि नियन्त्रणमा लिएर छानबिन गरौं -सांसद सूर्य थापा

घुस डिल प्रकरणमा जोसुकै भएपनि नियन्त्रणमा लिएर छानबिन गरौं -सांसद सूर्य थापा

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । नेकपा एमालेका सांसद सूर्य थापाले घुस डिल प्रकरणमा जोसुकै भएपनि नियन्त्रणमा लिएर छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्नेमा जोड दिएका छन्।

यस प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन् । उनले गुप्ताको राजीनामापछि यस प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई सरकारले स्वीकार गरेको धारणा व्यक्त गरेका छन्।

सांसद थापाले यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा को-को संलग्न छन्, ती अडियो सक्कली हुन् वा नक्कली, र वास्तविक आवाज हो वा प्रविधिको प्रयोग भएको हो भन्नेबारे तत्काल अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

राज्यका अनुसन्धान गर्ने निकायहरूले ढिला नगरी काम थाल्नुपर्ने र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्नेमा उनकाे जोड छ ।

थापाले दोषी ठहरिएका कसैले पनि उन्मुक्ति पाउन नहुने र झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहन नहुने स्पष्ट पारेका छन्।

७८ लाख रुपैयाँ घुस लेनदेनको गत पुसमा रेकर्ड गरिएको भनिएको अडियो टेपमा गुप्ताले कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र नेकपा (एमाले) गण्डकी प्रदेशका सदस्य खेमबहादुर पुनलाई कास्की भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख घुस मागेको आरोप लागेको छ । यो अडियो केही दिनअघि सार्वजनिक भएपछि गुप्ता विवादको घेरामा परेका थिए । अडियोमा गुप्ताले बिचौलियासँग कुराकानी गरेको र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले समेत घुस लिएको दाबी गरेको सुनिन्छ ।

Skip This
Skip This
Logo