सरकारले जथाभावी मासु बिक्री गर्ने ललितपुरका ४ वटा मासु पसल बन्द गरेको छ ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो । "/>

राँगाको भनेर भैसीको मासु बिक्री, लगनखेलका ४ पसलमा सिल

राँगाको भनेर भैसीको मासु बिक्री, लगनखेलका ४ पसलमा सिल

केन्द्रबिन्दु
0
Shares

सरकारले जथाभावी मासु बिक्री गर्ने ललितपुरका ४ वटा मासु पसल बन्द गरेको छ ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको हो ।
अनुगमनमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो ।

मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिवन्ध लगाइएको हो ।

दर्ता नगरी सञ्चालन गरेको, सरसफाइमा ध्यान नदिएको, राँगा भनेर भैँसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्री वितरणमा रोक लगाइएको जनाएको छ ।

ती बधशालाहरुमा दैनिक ३० भन्दा बढी रागाँ भैसी काट्ने गरेको पाइएको छ ।

Skip This
Skip This
Logo