राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको चौथो परिषद सुरु

राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको चौथो परिषद सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको चौथो राष्ट्रिय परिषद सुरु भएको छ ।

पुरानो बानेश्वरस्थित अनुपम फुडल्यान्डमा आयोजित परिषदको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले उद्घाटन छन्  । कार्यक्रममा बोल्दै डा. कँडेलले नेपालमा सिंचाईको विकासमा सिंचाई उपभोक्ता महासंघले सरकारसँग सहयोग र सचेत दुबै भुमिका निर्वाह गर्नुपर्ने बताए ।

२०३० सम्ममा अर्थतन्त्र विकासको तिब्र रुपमा लैजादै अर्थतन्त्रलाई बढाउनुपर्ने र कसैले पनि भोकै नबस्न सुरक्षित, पोषणयुक्त र पर्याप्त खाद्यान्य २०३० सम्ममा नेपाली जनतासम्म उपलब्ध गराउन निति नियम बनाउनुपर्ने डा. कँडेलले बताए । यस्तै सिंचाई जलस्रोत तथा उर्जा मन्त्रालयका सचिव डा. संजय शर्माले उक्त कार्यक्रममा महासंघले लिएको लक्ष्य सरकारले लिएको लक्ष्य उद्देश्य एउटै भएको बताए ।

यस्तै यो कार्यक्रममा राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघका अध्यक्ष गजाधर यादव, सिंचाई विभाग तथा उप–महानिर्देशक वाशुदेव लोहनी, महासंघका सल्लाहकार रत्नेश्वर कर्ण, युएसएआडीकी निरु बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओली, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश कार्की लगायत उपस्तिथि रहेको थियो ।

कार्यक्रम आज सम्पन्न हुदैछ ।

Skip This
Skip This
Logo