सिमरा
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँग वार्ता गर्ने भएको छ । समितिले मुलुकी अपराध संहिता ०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दा सम्बन्धी व्यवस्था संशोधनको माग राख्दै विरोध प्रदर्शन गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको सक्रियतामा बिहीबार जितपुरमा भएको छलफलमा समिति र प्रशासनबीच काठमाडौंमा शुक्रबार वार्ता गर्ने सहमति भएको हो । समितिले ऐन संशोधन नभएसम्म आन्दोलन फिर्ता नगर्ने अडान लिएपछि प्रशासनले वार्ताको वातावरण बनाएको हो । प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र संघर्ष समितिका संयोजक बसन्त शर्मा लगायत उपस्थित बैठकमा चार बुँदे सहमति समेत भएको छ ।
समितिले राखेको १५ बुँदे माग सम्बन्धित मन्त्रालयमा पठाउने, कानुन तथा न्याय मन्त्रालय मार्फत कानुन संशोधन समितिमा पठाउने, कानुन संशोधन गराउन संघर्ष समितिका पदाधिकारी सम्बन्धित मन्त्रालयमा जाने र समितिले आन्दोलनका कार्यक्रम स्थगन गर्ने सहमति भएको जनाइएको छ ।
समितिका संयोजक शर्माले छलफल सकारात्मक भएकाले आफूहरु वार्ताका लागि काठमाडौं जान तयार भएको प्रतिक्रिया दिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया