यी हुन् रास्वपाको उम्मेदवार छनोट गर्ने वैज्ञानिक र लोकतान्त्रिक विधि

यी हुन् रास्वपाको उम्मेदवार छनोट गर्ने वैज्ञानिक र लोकतान्त्रिक विधि

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै तहका निर्वाचनमा योग्य उम्मेदवार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ ।

पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणालीको मर्म अनुसार तयार गरिएको यो विधि उम्मेदवार छनोटलाई थप व्यवस्थित, संस्थागत र वस्तुनिष्ठ बनाउने उद्देश्यले ल्याइएको हो ।

पार्टीले यस्तो विधिबाट मात्रै देश र जनताप्रति प्रतिवद्ध, योग्य, र सक्षम उम्मेदवार चयन गर्न सकिने जनाएको छ । यस प्रणालीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने, निर्वाचनमा प्रतिस्पर्धात्मकता बढाउने र आम नागरिकको विश्वास जित्ने अपेक्षा गरिएको छ ।

रास्वपाको यो नयाँ उम्मेदवार छनोट विधिले नेपाली राजनीतिको पारदर्शिता, जवाफदेहीता र समावेशितालाई संस्थागत गर्दै जनतामाझ पार्टीको विश्वसनीयता बढाउने ठोस प्रयासका रूपमा हेरिएको छ ।

पार्टीले नेतृत्व विकासमा लगानी गर्दै अबको राजनीति मूल्य, सिद्धान्त र क्षमतामा आधारित हुने संकेत दिएको छ ।

Skip This
Skip This
Logo