काठमाडौं
सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर विद्युत कटौती हुने भएको छ ।
प्राधिकरण वालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म बिद्युत कटौती हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।
उनका अनुसार वनस्थली चोक देखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत कटौती हुनेछ । यस्तै बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत काटिने छ ।
यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत जाने प्राधिकरणले जनाएको छ ।
रासस





























प्रतिक्रिया