‘चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि निजी क्षेत्रबाट संस्थाहरु खुल्नु सकारात्मक’ -मन्त्री पौडेल

‘चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि निजी क्षेत्रबाट संस्थाहरु खुल्नु सकारात्मक’ -मन्त्री पौडेल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि निजी क्षेत्रमा संस्थाहरु खुल्नु सकारात्मक रहेको बताएका छन् ।

बिहीबार समाज डेन्टलको २५औं वार्षिकउत्सव समारोहमा बोल्दै उनले भने, ‘चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु छन् तर जति विकास भयो त्यति बढ्दै जान्छ । आज जस्तो अवस्था भएपनि निजी क्षेत्रमा संस्थाहरु खुलिरहेको अवस्था छ । संस्था बढेपछि जनशक्ति बढेपछि समस्या बढ्छन् । त्यसैले उल्झन बढ्ने गरी हैन सहजीकरणको लागि कानूनी प्रवर्धन गर्नुपर्छ ।’

उनले जनशक्ति भए पनि उपत्यका बाहिर जान कोही नचाहेको बताए । जसले गर्दा उनले सुदूरपश्चिम, कर्णाली, मधेश प्रदेश लगायत क्षेत्रमा चिकित्सकको कमी रहेको बताए ।

Logo