बर्दिवास

झाडापखालाले महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीकी चार वर्षीया बालिकाको ज्यान गएको छ भने १२५ जना बिरामी परेका छन् । "/>

गाउँभरी झाडापखालाको महामारी , एक जना बालिकाको मृत्यु

गाउँभरी झाडापखालाको महामारी , एक जना बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बर्दिवास

झाडापखालाले महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीकी चार वर्षीया बालिकाको ज्यान गएको छ भने १२५ जना बिरामी परेका छन् । भारत घर भई मामा घरमा बस्दै आएकी खुश्वु खातुनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले जानकारी दिए ।

झाडापखाला पीडित पाँचजनालाई गाउँमै स्वास्थ्य शिविरमा राखेर उपचार गरिएको छ । चार जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । रेफर गरिएकामा एक गर्भवती र तीन बालबालिका छन् । झाडापखालाबाट बिरामी पर्ने सबै मुस्लिम समुदायका छन् । नैन्हीको मुस्लिम बस्तीमा चार दिन अघि नै झाडापखालाको प्रकोप देखा परेको थियो ।

 

गाउँलेलाई उद्धृत गर्दै स्वास्थ्यकर्मी सन्तोष ठाकुरले जनाए अनुसार नैन्हीका धान खेतको विषाक्त माछा खाएकोहरूमा झाडापखाला देखिएको हो । तर माछा नखानेमा पनि झाडापखाला पीडित भएको स्थानीयले जनाएका छन् । ‘झाडापखालाबाट ज्यान गुमाएकी बालिकाले माछा खाएकी थिइनन्’, स्वास्थ्यकर्मी ठाकुरेले भने, ‘माछा नखाने वैष्णवी पनि झाडापखालाबाट पीडित भएका छन् ।’ झाडापखाला के कारणले फैलियो भन्ने कारण पत्ता लागेको छैन । नैन्ही खुल्ला दिसामुक्त गाउँ हो । तर सरसफाईको अभावमा छ ।
अन्नपूर्णबाट

Logo