एन्जल फर्टिलिटी क्लिनिकद्वारा भ्रामक समाचारको खण्डन, ‘नाबालिकाको डिम्ब संकलन गरेका छैनौं’

एन्जल फर्टिलिटी क्लिनिकद्वारा भ्रामक समाचारको खण्डन, ‘नाबालिकाको डिम्ब संकलन गरेका छैनौं’

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । महाराजगञ्जमा अवस्थित एन्जल फर्टिलिटी क्लिनिकले हालै विभिन्न सञ्चार माध्यम र अनलाइन प्लेटफर्ममा प्रकाशित आफ्ना सम्बन्धमा आएका समाचारहरूको खण्डन गरेको छ । क्लिनिकले ती समाचारहरू भ्रामक, आधारहीन र तथ्यहीन रहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।

क्लिनिकले जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ, “विभिन्न सञ्चारमाध्यममा एन्जल फर्टिलिटी क्लिनिक तथा यसका कर्मचारीहरू संलग्न भनी प्रचार गरिएको समाचार पूर्णतः असत्य, भ्रामक र आधारहीन रहेकोले त्यसको घोर भर्त्सना गर्दछौं।” क्लिनिकले कुनै पनि गैरकानूनी वा आपत्तिजनक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा एन्जल फर्टिलिटी क्लिनिकले उच्च नैतिक मूल्य, कानूनी मर्यादा र बिरामीको हितलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ। क्लिनिकले सबै प्रक्रिया तोकिएका मापदण्ड र कानून अनुसार नै सम्पन्न गर्ने गरेको दाबी गरेको छ।

“यस प्रकारका भ्रामक र आधारहीन समाचारहरूले हाम्रो संस्थाको प्रतिष्ठामा गम्भीर आघात पार्न सक्ने भएकाले, हामीले सम्बन्धित निकाय र सञ्चार माध्यमहरूसँग तत्काल सम्पर्क गरी यस्तो भ्रामक समाचार सच्याउन पहल गरिसकेका छौं,” विज्ञप्तिमा भनिएको छ।

क्लिनिकले सम्पूर्ण सञ्चार माध्यमहरूसँग तथ्य र प्रमाणका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्दै, तथ्यहीन समाचारका कारण क्लिनिकको नाम बदनाम नहोस् भनी सर्वसाधारणमा भ्रम नफैलाउन अनुरोध गरेको छ।

Skip This
Skip This
Logo