भक्तपुर
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि काठमाडौं उपत्यका लगायत भक्तपुरका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ ।
चालकले बुधबार देखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नु परेको हो ।
चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पले भएको पेट्रोलियम पदार्थ समेत बिक्री नगरी सटर लगाएपछि अचानक अभाव चुलिएको हो । विहिबार बिहानै देखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधन लाइन बसे पनि अपराह्नपछि भने यहाँका अधिकांश पेट्रोलपम्प बन्द भएका छन् ।
रासस





























प्रतिक्रिया