काठमाडौं
संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी सर्वोच्च अदालत फर्केपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले महाअभियोग लगाउने तयारी गरेको छ ।
यसका लागि नेकपाका सांसदहरुसँग हस्ताक्षर समेत संकलन गरिएको छ । संसद भवनमा नेकपाका प्रमुख सचेतक देव गुरुङले हस्ताक्षर उठाएका थिए । यस्तै दलको कार्यालयमा समेत सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरिएको छ । खाली कागजमा हस्ताक्षर गरिएको छ , एक सांसदले भने, सम्भवत महाअभियोकै प्रयोजनका लागि हो ।
महाअभियोगको तयारीको लागि हस्ताक्षर सुरु भएको भन्दै आफुलाई फोन आए पनि काठमाडौं बाहिर भएकोले आफु उपस्थित हुन नसकेको नेकपाका एक सांसदले बताए ।
जेठ २९ मा संवैधानिक परिषद्ले जोशीलाई वरिष्ठता र कार्यदक्षताका आधारमा प्रधानन्यायाधीश बनाउन सिफारिस गरे पनि सुनुवाई समितिले साउन १८ गते उनलाई अस्वीकृत गरेको थियो ।
एक तिहाई सांसदको हस्ताक्षर सहित महाअभियोगका लागि प्रस्ताव दर्ता गर्न सकिने संविधानमा व्यवस्था छ । प्रस्ताव दर्ता भएपछि पदमा भएको व्यक्ति निलम्वन हुनेछन् । यता न्यायाधीश दिपकराज जोशीले आफू विरुद्ध महाअभियोग लगाइए सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया