समाज डेण्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि एक करोड बराबरको उपचार कोषको घोषणा

समाज डेण्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि एक करोड बराबरको उपचार कोषको घोषणा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि एक करोड बराबरको उपचार कोषको घोषणा गरेको छ ।

समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा समाज डेन्डल हस्पिटलका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित स्थापित संस्थाले विभिन्न आरोह अवरोह पारगर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको बताए ।

विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कूल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य जानकारी गराउदै प्रवन्ध निर्देशक घिमिरेले रु १ करोड बराबरको उपचार कोष स्थापनाको घोषणा गरे ।

यो रकम बराबरको उपचार सेवाले गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने उनकाे भनाइ छ ।

यस्तै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को विकास र प्रवद्र्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिएका छन‍् । समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनियता अझ बढी बढाउनुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताए । दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्षसहित संस्थास्थिापित भएको उनले उल्लेख गरे । समाज डेण्टलले हाल १० ठाउँबाट दन्त सेवा दिइरहेको छ।

Logo