‘टेक्सास ह्याकाथन २०२५’ सुरु

‘टेक्सास ह्याकाथन २०२५’ सुरु

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । टेक्सास इन्टरनेशनल कलेजमा बहुप्रतिक्षित ‘टेक्सास ह्याकाथन २०२५’ सुरु भएको छ। बीएससी.सीएसआईटी र बीसीए कार्यक्रमका विद्यार्थीहरू मिलेर बनेका १० टोलीहरू यो रोमाञ्चक प्रतिस्पर्धामा सहभागी भएका छन्।

विद्यार्थीहरूको व्यावसायिक विकास र अनुभवमा आधारित सिकाइमा केन्द्रित रही टेक्सास कलेजले यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको छ। विजेता टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

वास्तविक जीवनका समस्या समाधान गर्ने क्षमता र उद्योगसँग सम्बन्धित सीप विकास गर्ने उद्देश्यले टेक्सास इन्टरनेशनल कलेजले यस्ता कार्यक्रमहरू कडाइका साथ सञ्चालन गर्दै आइरहेको छ।

Skip This
Skip This
Logo