डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न

डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न

केन्द्रबिन्दु
12
Shares

ललितपुर । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ को उपाधि सीजी कम्युनिकेसन लिमिटेडले जितेको छ।

शनिबार भैंसेपाटीस्थित वन ट्री हिल फुटसलमा सम्पन्न फाइनल खेलमा सीजीले नेपाल डिजिटल सर्भिस (एनडीएस) लाई पराजित गर्दै उपाधि हात पारेको हो। ‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाइनल खेलमा सीजीले नेपाल डिजिटल सर्भिसमाथि प्रभावशाली जित दर्ता गर्यो।

सीजीका लागि सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गरे।

यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसनले आईएमई को-अपरेटिभलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो। प्रतियोगिताको विजेता सीजी कम्युनिकेसन, उपविजेता नेपाल डिजिटल सर्भिस र तेस्रो स्थान हासिल गरेको अप्टिनेट सोलुसनले क्रमशः नगद राशि, मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा अप्टिनेट सोलुसनका धिरज बास्कोटा ‘उत्कृष्ट खेलाडी’ घोषित भए भने सीजी कम्युनिकेसनका लोकेन्द्र तामाङ ‘उत्कृष्ट गोलकिपर’ चुनिए।

Skip This
Skip This
Logo