काठमाडौं । चिनियाँ ईभी जायन्ट बीवाईडीले सन् २०२५ को पहिलो चार महिनामा १ अर्ब २८ करोड डलर नाफा कमाएको छ ।
कम्पनीको खुद नाफा ९.१५५ अर्ब युआन (१.२८ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन चिनियाँ अटोमोबाइल बजारमा सबैभन्दा बढी हो। यसको नाफा मार्जिन २०.७ प्रतिशत रहेको छ, जसले टेस्लाको १६.३ प्रतिशतलाई पनि उछिनेको छ ।
बीवाईडीको एकल-त्रैमासिक खर्च १४.२२३ अर्ब युआन (१.९८ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन यसको खुद नाफाभन्दा पनि बढी हो। यसले बीवाईडीको नवप्रवर्तन र प्राविधिक विकासप्रतिको प्रतिबद्धतालाई देखाउँछ।
बीवाईडीपछि दोस्रो धेरै नाफा कमाउने ब्रान्डमा जिली दर्ज भएको छ । जिलीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७९.१ करोड डलर नाफा आर्जन गर्दा उसको ग्रस प्रोफिट मार्जिन १५.७८ प्रतिशत पुगेको छ ।
वर्ष २०२५ को पहिलो चौमासिकमा एसएआईसी ४२.२ करोड डलरसहित तेस्रो धेरै नाफा कमाउने ईभी ब्रान्ड बनेको छ । यस अवधिमा उसको ग्रस प्रोफिट मार्जिन ८.१३ प्रतिशत पुगेको छ भने चौथो स्थानमा ग्रेटवाल मोटर्स छ ।
यसैगरी, सर्वाधिक नाफा कमाउने ईभी ब्रान्डको पाँचौ स्थानमा चांगन छ ।































प्रतिक्रिया