काठमाडौं महानगरले लिएकाे छात्रवृत्ति प्रवेश परीक्षाकाे नतिजा आइतबार आउने

काठमाडौं महानगरले लिएकाे छात्रवृत्ति प्रवेश परीक्षाकाे नतिजा आइतबार आउने

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा सम्पन्न भएको छ।

परीक्षा आज बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए ।

ओएमाआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच हुने र आइतबारसम्म नतिजा प्रकाशन हुने बताइएकाे छ ।

Logo