आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तालुहरुको भीड

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तालुहरुको भीड

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आज साउनको पहिलो सोमबार । बिहानैदेखि देशभरका शिवालयमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको छ।

सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार आजबाट शुरु भएको हाे । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको शुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना हो।

साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव)को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ। सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ।

सोमबारको व्रत लिने मानिसले पवित्र भएर आफ्ना इन्द्रियहरूमाथि संयम गरी वैदिक अथवा लौकिक मन्त्रहरूद्वारा विधिवत् शिवको पूजा गर्नुपर्दछ । ब्रह्मचारी, गृहस्थ, विवाहित वा अविवाहित नारीले सोमबारको दिन शिवको आराधना गर्दछन् ।

Logo