काठमाडौं । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रम हेर्दा हेर्दै नेकपा सचेतक शान्ता चौधरी बेहोस भएकी छन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी चौधरी टुँडीखेलमा कार्यक्रम हेर्दाहेर्दै बेहोस भएकी हुन् ।
नेपाली सेनाको मेडिकल टिमले चौधरीको स्वास्थ्य जाँच गरी कार्यक्रमस्थलमा नै आराम गर्न लगाएको थियो । चर्को घामका कारण चौधरी बेहोस भएकी चिकित्सकहरुले अनुमान गरेका छन् । चर्को गर्मीका कारण टुँडीखेलमा आयोजित संविधान दिवसको विशेष कार्यक्रममा बस्न समेत अप्ठेरो भएको थियो ।





























प्रतिक्रिया