काठमाडौं । कविता अर्यालको सुमधुर स्वर र लोसिना लामिछानेको आकर्षक अभिनय रहेको नयाँ तीज गीत ‘श्रीमानज्यू’ बजारमा सार्वजनिक भएको छ।
गीतमा रमेश परियारको शब्द र संगीत रहेको छ भने गीतलाई पर्वको माहोल सुहाउँदो बनाउनको लागि कृष्ण के.सी.ले संगीत संयोजन गरेका छन्। गीतको अडियो गुणस्तर, मिक्सिङ र मास्टरिङ खडक बाजुरालीले गरेका हुन् ।
शंकर बिसीले निर्देशन र कोरियोग्राफी गरेकाे म्युजिक भिडियोमा लोसिना लामिछानेले मुख्य कलाकारको रूपमा आफ्नो प्रस्तुति दिएकी छिन्, जसले गीतको कथालाई जीवन्त बनाएको छ। दुर्गा पौडेलले सिनेम्याटोग्राफरको रूपमा काम गरेका छन् भने नबिन घर्ती मगरले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।
यस गीतले आगामी तीज पर्वमा नयाँ उमङ्ग थप्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया